सुन तस्करीमा संलग्नता रहेको आशंकामा विवाह पार्टीबाटै पक्राउ

काठमाडाैं – तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा संलग्नता रहेको आशंकामा एक व्यवसायी पक्राउ परेका छन् । सरकारले गठन गरेको छानविन समितिले वीरगञ्जका व्यापारी राजु द्धावरकालाई दरबारमार्गस्थित होटल अन्नपूर्णबाट पक्राउ गरेको हो ।

तस्करीमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनलाई नियन्त्रणमा लिइएको समितिले जनाएकाे छ ।  द्धावरकाले विदेशबाट आएको सुन भारत लगेर विक्रीवितरण गर्ने गरेको खुलेको स्रोतको दाबी छ । आफन्तको विवाहा पार्टीबाट सोमबार उनलाई पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार