कानुनहरू बनेपछि संघीयताकाे प्रष्ट कार्यान्वयन : सभामुख

चितवन – प्रतिनिधि सभामुख कृष्णबहादुर महराले नयाँ कानुनहरू बनेर संघीय, प्रान्त र स्थानीय तहका अधिकारहरू निर्क्योल भएसँगै संघीयताकाे प्रष्ट कार्यान्वयन हुने बताउनु भएकाे छ ।

अाज भरतपुर महानगरपालिकाकाे दाेस्राे नगरसभाकाे उद्घाटन गर्दा सभामुख महराले संघीयताका विषयमा धेरै कुरा बुझ्न अझ बाँकी नै रहेकाे बताउनुभयाे । ‘जातीय क्षेत्रीय स्वायत्तता कायम हुनु मात्रै पनि संघीयता हैन । केन्द्रमा रहेका स्राेतहरूलाई तल जनतासम्म लैजाने परिपाटी संघीयतामा हुनुपर्छ । कानुनले यसलाई निर्देशित गर्नुपर्छ,’ सभामुख महराले भन्नुभयाे ।

कतिपयलाई संघीयता मनै नपरेकाे हुँदा संघीयता पक्षधरहरू सफल कार्यन्वनका लागि एकजुट भइरहनु पर्ने उहाँले बताउनुभयाे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार