कांग्रेस नेता मनमोहन भट्टराईलाई मस्तिष्कघात, १० दिनदेखि अस्पतालमा

स्वास्थ्यमा केहि सुधार नदेखिएपछि बाहिर लैजाने परिवारको तयारी

काठमाडौं – नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि १० दिनअघि उहाँलाई नर्भिक अस्पताल थापाथली पुर्याइएको थियो ।

अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका भट्टराईलाई हाल उच्च निगरानीमा राखिएको छ । तर पनि स्वास्थ्यमा कुनै सुधार नदेखिएको पारिवारिक स्रोतले जनाएको छ । स्नायु रोग विशेषज्ञ डा राजीव झासहित डा. पंकज जलान, राजेन्द्र अग्रवालको टोलीले उहाँको उपचार गरिरहेको नर्भिक अस्पताल स्रातले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार १० दिनदेखि उपचार भइरहेको भए पनि उहाँका स्वास्थ्यमा कुनै सुधार आएको छैन । एक-दुई दिनमा पनि स्वास्थ्य सुधार नआए थप उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको पारिवारिक स्रोतको भनाई छ ।

यसैबीच कांग्रेस सभापति शेर बहादुर, देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि लगायतका शीर्ष नेता तथा केन्द्रिय सदस्यहरुले बौद्धिक नेता भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार