नेपाली सेनाका मेजर ५४ ग्राम ब्राउन सुगर सहित पक्राउ

काठमाडौं – प्रहरीले ५४ ग्राम ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाकेंबाट खटिएको प्रहरीको बिशेष ब्युरोले ब्राउन सुगर सहित नेपाली सेनाका मेजर धिरेन्द्र जंग शाही र ब्राउन सुगर कारोबारी रिम पौडेललाई पक्राउ गरेको हो ।

मेजर शाही ब्राउन सुगर खरिद गर्न गएको भन्ने सुचनाका आधारमा छापा मार्दा प्रहरी बाकेंको ढकरीबाट ५४ ग्राउ ब्राउन सुगर सहित उनिहरुलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका मेजर शाही श्री मेयर गण, शम्सेरगञ्जमा कार्यरत रहेको प्रहरीको भनाई छ । पक्राउ परेका पौडेल लागुऔषधका ठुला कारोबारि भएको प्रहरीले दाबी गरेको छ ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बाकेंको हिरासतमा राखिएको छ । पक्राउ परेका शाही र पौडेललाई लागुऔषधको मुद्दा चलाईने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार