भुलेर पनि यसो नगर्नुस्, मोबाइल पड्किन सक्छ

काठमाडाैं – मोबाइल फोन पड्किएर दुर्घटना भएका खबर सायद सुन्नुभएकै होला । कहिले कुनै नम्बरबाट फोन आएर मोबाइलको घण्टी बजिरहेको बेलामा त कहिले चार्ज गरिरहेको बेलामा । अनि कहिले कुराकानी गरिरहेको बेला पनि फोन पड्किएको समाचार आउने गर्दछ ।आखिर यस्तो किन हुन्छ ?

आउनुस् जानौँ मोबाइल फोन पड्किने केही सम्भावित कारण तथा त्यसबाट जोगिने उपायहरुः-

१. चार्ज गरिरहेको बेला फोन प्रयोग नगर्नुहोस्ः मोबाइल फोन पड्किनुको एउटा मुख्य कारण हो, यसको ओभर हिटिङ अर्थात् अत्यधिक तात्नु । मोबाइल फोन प्रयोग गरिरहँदा यसको तापक्रम बढेको हुन्छ । चार्जिङ गर्दा पनि मोबाइलको तापक्रम बढ्दछ । वास्तवमा चार्जिङको समय मोबाइलको लागि आरामको समय हो ।

त्यसैले चार्ज गरिरहेको बेला मोबाइल फोनलाई केबल चार्ज हुन दिनुहोस् । चार्जमा लगाएर गेम खेल्ने, नेट चलाउने वा फोनमा करा गर्ने गर्नु खतरनाक हुनसक्छ । यदि कुनै काम छैन भने त मोबाइल फोनको स्विच अफ गरेरै चार्ज गर्नु राम्रो हुन्छ ।

२. रातभर चार्जमा राखेर नछाड्नुस्ः धेरै मानिसको बानी हुन्छ रातभर मोबाइल फोन चार्जमा राखेर सुत्ने र बिहान चार्जबाट थुतेर चलाउने । यसो गर्नुपनि हानिकारक हुनछ ।

सबैखाले मोबाइलमा चार्ज कन्ट्रोल हुने प्रविधि रहने र फुल चार्ज भएसँगै चार्जिङ आफै रोकिने प्रविधि हुने भएपनि पूराना फोनहरुमा ओभर चार्जिङ हुने र यसले ब्याट्री फुल्ने वा पड्किने खतरा पनि हुनसक्दछ ।

३. ओरिजिनल चार्जरको प्रयोग गर्नेः कहिलेकाहीँ फोन खरीद गर्दा लिएको सक्कली चार्जर बिग्रिसकेपछि पैसा जोगाउनका लागि अर्को सक्कली चार्जर किन्नुको साटो सस्तो चार्जरले पनि काम चलाइन्छ । तर, यसो नगर्नुस् ।

जुन कम्पनीको फोन हो, सोही कम्पनी र मोडेलको चार्जर खरीद गर्नुहोस् । सस्तो खालका तथा जुनसुकै खाले चार्जरबाट चार्ज गर्दा मोबाइल फोन सन्तुलित रुपमा चार्ज नहुने र पड्किने जोखिम पनि हुनछ ।

४. चर्को घाममा नराख्नेः सूर्यको सिधा किरण पर्ने र तात्ने ठाउँम फोन नराख्नुस् । यसले फोन बढि तात्नगई बिग्रिने वा पड्किने समस्या हुनसक्दछ ।

५. एपहरुमा सावधानीः कतिपय एपहरू प्रयोग गर्दा फोनमा बढि उर्जा खपत हुनजाने कारणले फोन बढि तात्दछ । प्रायः जिपिएस नेभिगेसनवाला एप्स प्रयोग गर्दा यस्तो समस्या आउँछ ।

गुगल म्याप, उबर, ओला जस्ता जिपिएस लोकेसन बेस्ड एप प्रयोग गर्दा फोन बढि तात्ने समस्या आउँदछ । त्यसैले जिपिएस अन नगर्ने र यस्ता एप कम प्रयोग गर्ने गर्नुहोस् । –एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार