कुवेत हिडेका पाँच महिलालाई विमानस्थलबाट फर्काइयो

काठमाडाैं – वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अाज फिर्ता पठाइएको छ । कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिनुभयाे ।

‘विदेश पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले फिर्ता पठाउने निर्णय लिइएको हो’ – उहाँले भन्नुभयाे । ‘वैभव’ नामक मेनपावर कम्पनीले उनीहरुलाई ‘रिसेप्सनिष्ट’ मा पठाउन खोजे पनि प्रवेशाज्ञामा भने ‘क्लिनर्स’का लागि श्रम स्वीकृति दिइएको छ । उनीहरुलाई बिहान ८:३० बजे विमानस्थलबाट फिर्ता पठाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार