ट्रेड युनियन चुनावः बन्दक बनाएकालाई छुटाउन जाँदा आर्थिक चलखेलको आरोप

‘हारको मानसिकताले आत्तिएर महाधिवेशन प्रभावित पार्न खोजिएको हो’

काठमाडौं – नेपाल ट्रेड युनियनको महाधिवशनको चुनावमा कुनै आर्थिक चलखेल नभएको अध्यक्षका प्रत्यासी खिला दाहाल समूहले स्पष्ट पारेको छ । यसअघि अध्यक्षका प्रत्यासी पुस्कर आचार्य समूहले पैसाको चलखेल भएको आरोप लगाएपछि दाहाल समूहले त्यसको खण्डन गर्दै कुनै आर्थिक चलखेल नभएको स्पष्ट पारेको हो ।

दाहाल समूहबाट खुल्ला उपाध्यक्षका प्रत्यासी डीपी अर्यालले बन्दक बनाएका चिया बगानका मजदुर प्रतिनिधीहरुलाई छुटाउन जाँदा उल्टै आर्थिक चलखेलको आरोप लगाइएको बताउनु भयो । ‘पुस्कर आचार्य समूहले बगानका मजदुर प्रतिनिधीहरुलाई केहि दिनदेखि बन्दक बनाएर राखिएको रहेछ,’ उहाँले भन्नुभयो- ‘मजदूरलाई भेट्न जाँदा आर्थिक चलखेलको आरोप लगाइयो ।’ उहाँका अनुसार काठमाडौं महानगरपालिकाका अधिकृत तथा दाहाल समूहबाट खुल्ला केन्द्रीय सदस्यका प्रत्यासी रामप्रसाद पौडेलले व्यक्तिगत प्रयोजनको पैसा निकाल्नु भएको थियो ।

तर, उहाँसहितको टोली चिया बगानका मजदुर प्रतिनिधीहरुलाई भेट्न जाँदा मदिराले मात्तिएका चिया वगान संघका अध्यक्ष दिपक तामाङ सहितका प्रतिनिधीहरुले धरपकड गर्दै अधिकृत पौडेललाई नियन्त्रणमा लिएका थिए । उनीहरुले अधिकृत पौडेलको साथमा रहेको पैसा निकाल्दै आर्थिक चलखेल भएको झुटो आरोप लगाएका हुन् । उल्टै आचार्य समूहले चिया बगानका मजदुर प्रतिनिधीलाई आपनो नियन्त्रणमा राखेर स्वतन्त्र मतदान गर्न पाउने अधिकार कुण्ठित गर्न खोजेको अर्यालको भनाई छ ।

हारको मानसिकताले आत्तिएर पुस्कर आचार्य समूहले महाधिवेशन प्रभावित पार्न विभिन्न प्रपोगाण्डा रचिरहेको दाहाल पक्षले दावी गरेको छ । उपाध्यक्षका प्रत्यासी अर्यालले भन्नुभयो, ‘उहाँहरु हारको मानसिकताले आत्तिनु भाछ, त्यसैले विभिन्न प्रपोगाण्डा रच्दै हुनुहुन्छ तर, त्यसले महाभिवेशनलाई कुनै प्रभाव पार्दैन ।’ खिला दाहाल निकै कुशल व्यक्तित्व भएको र चुनाव जिच्ने पनि निश्चित भएकोले पुस्कर आचार्य समूह आत्तिएको हो ।

यसैबीच, दाहाल समूहले आर्थिक चलखेलको आरोप लगाउँदै आफ्नो पक्षको बदनाम गर्न खोजेको भन्दै प्रहरीमा उजुरी दर्ता गराएको छ । व्यक्तिगत प्रयोजनका लागि साथमा रहेको पैसा खानतलासी गरी निकाल्दै आर्थिक चलखेल गरेको आरोप लगाएकोप्रति दाहाल समूहले आपत्ति जनाएको छ । आफ्नो समूहको चरित्रहत्या गर्न खोजेको भन्दै प्रहरीमा उजुरीसमेत दर्ता गराएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार