श्रमिकका मागलाई सम्बोधन गर्न उम्मेदवारीः अध्यक्ष खिलानाथ दाहाल (प्रतिवद्धता पत्रसहित)

काठमाडौँ – नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ महाधिवेशन आजदेखि काठमाडौंमा हुने भएको छ । चार वर्ष नौ महिनापछि हुन लागेको महाधिवेशनमा १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुँदैछ । जसमा नेपाल ट्रेड युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुस्कर आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ ।

वर्तमान उपाध्यक्ष रमा पौडेलले उम्मेदवारी दिए पनि दुई समूहबीच नै कडा प्रतिस्पर्धा हुने देखिएकोे छ । दुवै जनाले आफ्नो समूह घोषणा गरिसकेका छन् । वर्तमान अध्यक्ष दाहालले युनियनभित्र सबैलाई मिलाएर श्रमिकका मागलाई सम्बोधन गर्न र ट्रेड युनियनको साख जोगाउन आफूले अध्यक्षको उम्मेद्वारी दिएको बताए। युनियनभित्र देखिएको विकृति, विसंगति र गुट उपगुटको अन्त्य गर्दै ट्रेड युनियन आन्दोलनलाई सुदृढ र सशक्त र बनाउनका लागी आफु अघि बढ्ने उनको भनाई छ ।

दाहाल समूहबाट वरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव, उपाध्यक्ष (खुला) बमबहादुर डिसी, डिपी अर्याल, उपाध्यक्ष (महिला) कल्पना अधिकारी, उपाध्यक्ष (सेवा) शंकर लामिछाने, उपाध्यक्ष (उत्पादन) युवराज लामा, उपाध्यक्ष (नौपचारिक) नूर महम्मद रैन छन् ।

यसैगरी महासचिव सञ्जय मिश्र, उपमहासचिव (खुल) जनार्दन निरौला, काजीमान श्रेष्ठ, उपमहासचिव (महिला) कमला लामिछाने, उपमहासचिव (सेवा) रञ्जन थापा, उपमहासचिव (उत्पादन) धीरेन्द्र सिंह, उपमहासचिव (अनौपचारिक) आत्माराम पौडेल, कोषाध्यक्ष रिसभ घिमिरे र सहकोषाध्यक्षमा ताराकुमारी राई छन्।

आजदेखि योगम्बर पार्टी प्यालेसमा सुरु हुने निर्वाचनमा कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष दाहालले जानकारी दिए । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए । ट्रेड युनियनको छैटौँ महाधिवेशनमा देशभरका एक हजार ४०० महाधिवेशन प्रतिनिधिले भाग लिँदैछन्।

यस्तो छ प्रतिवद्धता पत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार