दक्षिण कोरियाद्वारा प्रसारण प्रोपागाण्डा बन्द

एजेन्सी – दक्षिण कोरियाले उत्तर कोरियाको सीमा क्षेत्रमा लामो समयदेखि गर्दै आएको प्रसारण प्रोपागाण्डा बन्द गरेको छ । दुई मुलुकबीच यही साताको अन्त्यमा उच्चस्तरीय वार्ताको तयारी भइरहदा दक्षिण कोरियाले प्रोपागाण्डाका लागि प्रयोग भएका ठूलो ध्वनीसहितका उपकरणहरु हटाएको हो ।

ती उपकरणमार्फत दक्षिण कोरियाले उत्तर कोरियाबिरोधी गीत संङ्गित तथा समाचारहरु प्रसारण गर्दै आएको थियो । कोरियाली युद्धपछि सीमा क्षेत्रमा दुवै मुुलुकले ठूलो ध्वनी आउने उपकरणहरुमार्फत प्रोपागाण्डा गर्दै आएका थिए । उत्तर कोरियाले ती उपकरण हटाएको /नहटाएकोबारे भने नखुलेको बीबीसीले उल्लेख गरेका छ ।

उत्तर कोरियाले नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन आगामी शुक्रबार भेटवार्ता हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार