अपराध अनुसन्धान महाशाखा प्रमुखमा एसएसपी धिरजप्रताप सिंह

काठमाडौं – प्रहरी प्रधान कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी एसएसपी धिरजप्रताप सिंहलाई दिएको छ । एसएसपी सिंहले आजदेखि जिम्मेवारी सम्हाल्नुभयो ।

३३ किलो सुन प्रकरणमा शंकास्पद भूमिका देखिएको भन्दै एसएसपी दिवेश लोहनीलाई महाशाखा प्रमुखबाट हटाइएको थियो । एसएसपी सिंह यसअघि अञ्चल कार्यालय वागमतीमा कार्यरत हुनुहुन्थ्यो । प्रधान कार्यालयले वैशाख २ गते नै सिंहलाई महाशाखाको जिम्मेवारी सम्हाल्न पत्र थमाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार