बङ्गलादेशलाई जलविद्युत्तमा साझेदारी गर्न उर्जामन्त्रीको आग्रह

काठमाडौं – उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र नेपालका लागि बङ्गलादेशी राजदूत मस्फी विन्ते साम्सबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा समझदारी गर्ने विषयमा छलफल भएको छ ।

राजदूत साम्ससँगको भेटमा उर्जामन्त्री पुनले सरकार उर्जा क्षेत्रमा बंङगलादेशसँग सहकार्य गर्न तयार रहेको धारणा राख्नुभयो । मन्त्री पुनले ‘सार्क फ्रेमवर्क’भित्र रहेर काम गर्न नेपाल इच्छुक रहेको समेत बताउनुभएको थियो । उहाँले भेटमा उर्जा क्षेत्रमा लगानी गर्ने उपयुक्त वातावरण रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेको पुनका प्रेस संयोजक रोशन खड्काले बताउनुभयो ।

भेटमा राजदूत साम्सले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न बङ्गलादेश तयार रहेको भन्दै त्यसका लागी नेपालले आयोजना छनौट गरेर दिनुपर्ने बताउनुभयो । ‘सरकार मात्र होइन । हाम्रो निजी क्षेत्र समेत नेपालको जलविद्यूतमा लगानी गर्न तयार छ, तर तपाईंहरुले हामीलाई राम्रो परियोजना दिनुपर्ने हुन्छ ।’, भेटमा राजदूत साम्सले पुनलाई प्रस्ताव गर्नुभयो ।

जवाफमा मन्त्री पुनले ठुला आयोजना छनौट गरेर मन्त्रालयको च्यानलबाट जानकारी दिने भन्दै आफ्ना समकक्षी बङ्गलादेशी उर्जा मन्त्रीको नेपाल भ्रमणका बारेमा टुंगो लगाउने गरी अघि बढ्ने प्रस्ताव राख्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार