सिरियामा रुसी विदेश मन्त्रीले दिए ग्यारेन्टी

रुस – बीबीसीको कार्यक्रम ‘हार्ड टक’मा कुरा गर्दै रुसी विदेश मन्त्री सर्गेई लावरोवले भनेका छन् ‘म ग्यारेन्टी दिन सक्छु कि रुसले त्यो ठाउँमा कुनै छेडाखानी गरेको छैन ।’

ब्रिटेन र अमेरिकाले डुमामा भएको रासायनिक हमलाको प्रमाण लुकाउन रुसले सिरियाली सरकारलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता डुमा कस्बेसम्म पुग्न सकेका छैनन् । जसमा रुसले भनेको छ । सिरियामा रासायनिक हमला भएको ठाउँको निरीक्षण बुधबार हुन सक्नेछ ।

अमेरिकाले रासायनिक हतियारको निगरानी गर्ने अन्तर्राष्ट्रिय समूहलाई रासायनिक हमला भएको ठाउँमा हमलाको प्रमाणसँग रुसले हेराफेरी गर्नसक्ने भन्दै सचेत गराएको थियो ।

अर्गनाइजेशन फर प्रोहिविसन अफ केमिकल वेपन्स (ओपीसीडब्लु) नामक संस्थाले विश्वभरी रासायनिक हतियारको नष्ट गर्ने र त्यसको रोकथामका लागि काम गर्दै आएको छ । ओपीसीडब्लुका अनुसार उसका नौ सदस्यीय जाँच दललाई सिरिया र रुसका अधिकारीहरुले त्यहाँ अझै सुरक्षित नभएको भन्दै जान दिएको छैन ।

डुमामा ७ अप्रिलमा रासायनिक हमला भएको थियो । त्यतिबेला त्यहाँ विद्रोहीको नियन्त्रण थियो । अहिले सिरियाली सरकार र रुसी सेनाको नियन्त्रणमा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार