ओली-दाहाल भेट सकियो, एकता संयोजन समितिको बैठक भोलि

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ । पार्टी एकताको विवादित विषयमा सहमती जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब साढे २ घण्टा चलेको थियो ।

बैठकमा वैशाख ९ गते गर्ने भनिएको पार्टी एकताको औपचारिक घोषणा र एकताका लागि मिल्न बाँकी रहेका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । माओवादी अध्यक्ष दाहालको सचिवलायका अनुसार बैठकले भोली बिहान पार्टी एकता संयोजन समितिको बैठक बसाल्ने निष्कर्श निकालेको छ । दुवै नेताको सहमती अनुसार भोली बिहान दुवै दलको एकता संयोजन समितिको बैठक बालुवाटारमा बस्नेछ ।

जनयुद्धलाई स्विकार गर्ने विषय र एकीकृत पार्टीको सांगठनिक आधारमा सहमती हुन नसक्दा पार्टी एकताको औपचारिक घोषणामा ढिलाइ भएको छ । माओवादीले समानताका आधारमा एकतामा बराबरी हैसियत मागेको छ । एमालेले चुनावी नतिजाका आधारमा एकता गर्न सकिने बताउँदै आएको छ । एमाले र माओवादीबीच बैशाख ९ गते पार्टी एकता गर्ने तयारी रहेको छ । तर, माओवादी जनयुद्ध, चुनाव चिह्न र पार्टी एकतामा ५०-५० प्रतिशतको सहभागीता लगायतका विषयमा कुरा मिल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार