अबको समय विकास र समृद्धिकोः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकार प्राप्तिको लागि भएको आन्दोलन टुंगिएको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै उहाँले तीनवटै तहमा सरकार गठन भइसकेकाले जनताको चाहना अनुसार विकास र समृद्धिको यात्रामा लाग्नुपर्नेमा जोड दिनुभयो । हालको लोकतन्त्र जनताले दिएको बलिदान भएको भन्दै प्रधानमन्त्री ओलीले अब अरुलाई अपजस दिन छोडेर विकासका काममा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकाङ्कमा पछाडि रहेको भन्दै विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै सुरू भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । कर्णालीलाई समृद्धिको यात्रामा डोर्‍याउन संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार