मुख्यमन्त्री सुब्बाले दुई बालबालिकालाई स्कुल भर्ना गरे

काठमाडौं – प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विद्यालय भर्ना महाअभियान अन्तर्गत दुई बालबालिकालाई भर्ना गर्नु भएको छ । दुबैजनालाई उहाँले १० कक्षासम्म पढाउने जिम्मा पनि लिनु भएको छ ।

दोलखाको बैद्यखर गाउँपालिकाकी ५ वर्षीया शिखा जिरेल र पोखरा ७ घारीपाटनका ५ वर्षकै अभिषेक नेपालीलाई महानगरको मासवारस्थित कृष्ण माविमा भर्ना गर्नु भएको हो । भूकम्पपीडित जिरेलका बाबु पोखरामा ईलेक्ट्रिसियनको काम गर्नुहुन्छ भने नेपालीका बाबु बिरामी र आमाले अरुकोमा काम गरी जीविकोपार्जन गर्दै आउनु भएको छ । प्रधानमन्त्रीदेखि सरकारी उच्च ओहोदामा रहेकाले कम्तीमा एक बालबालिकालाई भर्ना गर्ने अभियानअन्तर्गत मुख्यमन्त्री गुरुङले दुई जनालाई भर्ना गर्नु भएको हो ।

दुबै जनालाई नर्सरीमा भर्ना गरिएको हो । भर्ना गर्दै मुख्यमन्त्री गुरुङले आजैबाट दुबै बालबालिकाको अभिभावकत्व लिएको बताउनुभयो । शिक्षाबाट कोही पनि बन्चित हुन नपरोस् भन्दै उहाँले गरीब र विपन्न समुदायले पनि पढ्न पाउनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार