एमाले-माओवादी एकता: विवादित विषयमा अझै छलफल हुन सकेन

काठमाडौं– नेकपा एमाले र माओवादी केन्दबीचको पार्टी एकता वैशाख ९ गते हुने भनिएपनि पछिल्लो समय दुई दलका नेताहरुबीच संवाद हुन नसक्दा एकता तयारी अन्यौलमा परेको छ ।

दुवै दलका नेता सम्मिलित दुइ कार्यदलले एकताका लागि मिलाउन बाँकी विषय मिलाउन शीर्ष नेतृत्वलाई जिम्मा दिदै आफ्नो प्रतिवेदन बुझाएका थिए । कार्यदलले मिलाउन वाँकी रहेका विषय दुङगाउने विषयमा लामो समयदेखि दुवै दलका नेताहरुविच सम्वाद हुन सकेको छैन । शीर्ष नेतृत्वविचको संवादहिनताको अवस्थाले पार्टी एकताको मिति नजिकिदै जादा समेत विवादित विषयहरु जस्ताको तस्तै रहेका छन ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै विवादित विषयमा सहमति गर्ने गरी तयारी भएपनि हालसम्म दुवै दलका नेताहरुको बैठक बस्न सकेको छैन । एकिकृत पार्टीको चुनाव चिन्ह, दुवै दलबाट पार्टी कमिटिका समेटिने संख्या तथा अनुपात लगाएतका विषयमा दुइदलविचमा कुरा मिल्न सकेको छैन ।

एकता तयारीका लागी वनाएका समितिले मिलाउन नसकेका विषयमा हालसम्मपनि सहमति खोज्ने प्रयास नहुनुले तोकिएको मितिमा पार्टी एकता हुने कुरामा शंका उत्पन्न भएको छ । यद्यपी दुवै दलका शीर्ष नेताहरुले तोकिएकै मितिमा पार्टी एकता हुने बताउदै आएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार