उपराष्ट्रपतिमा नन्दबहादुर पुनको उम्मेदवारी

काठमाडौं – संघीय गणतन्त्र नेपालको उपराष्ट्रपति पदका लागि नन्दबहादुर पुनले उम्मेदवारी दर्ता गराउनुभएको छ । बहालवाला उपराष्ट्रपति पुनले आज मध्यान्ह उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उपराष्ट्रपतिको उम्मेदवारीको प्रस्तावकमा सांसदहरु सुवासचन्द्र नेम्वाङ, पम्फा भुषाल, भानुभक्त ढकाल, रेखा शर्मा र परशुराम मेघी गुरुङ रहनुभएको छ । त्यसैगरी समर्थकहरुमा देवप्रसाद गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्तीमगर, रामनारायण विडारी र राजेन्द्रप्रसाद गौतम रहनुभयो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानैलाई दोहोर्‍याउने निर्णय गरेका छन् । राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित सक्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार