मन्त्रिपरिषद् विस्तारः को-को भए मन्त्रीहरु ? (सूचीसहित)

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले आज तेस्रोपल्ट मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री ‌ओलीले एमाले र माओवादी केन्द्रका मन्त्रीहरु थप्नुभएको हो । चार राज्यमन्त्री पनि बन्नुभएको यससँगै ओली सरकार २२ सदस्यीय बनेको छ ।

नवनियुक्त मन्त्रीहरुले आजै शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको छ । मन्त्रीहरुको सूचीमा एमालेका प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, जगत विश्वकर्मा, शेरबहादुर तामाङ रहनुभएको छ भने माओवादी केन्द्रका वर्षमान पुन, शक्ति बस्नेत बिना मगर, गिरिराजमणि पोखरेल र चक्रपाणी खनाल रहनुभएको छ ।

मन्त्रीहरु
प्रदीप ज्ञवाली-परराष्ट्र
गोकर्ण विष्ट-श्रम
रवीन्द्र अधिकारी-पर्यटन
रघुविर महासेठ-भौतिक पूर्वाधार
शेरबहादुर तामाङ-कानुन
जगतबहादुर विश्वकर्मा-युवा तथा खेलकुद मन्त्री

गिरिराजमणि पोखरेल-शिक्षा
वर्षमान पुन-ऊर्जा
शक्तिबहादुर बस्ने-वन
चक्रपाणि खनाल-कृषि
बिना मगर-खानेपानी

यसैबीच, नवनियुक्त राज्यमन्त्रीहरुलाई पनि आजै प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।
राज्यमन्त्रीहरु
गोकुल बाँस्कोटा-सञ्चार
पद्मा अर्याल-युवा तथा रोजगार
रामकुमारी चौधरी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार