रिर्पोर्टस क्लब प्रदेश नम्बर -५ को प्रमुखमा क्षेत्री चयन

बुटवल – रिर्पोर्टस क्लब ५ नम्बर प्रदेश समितिको प्रखुममा रामकुमार क्षेत्री चयन हुनुभएको छ । आज बुटवलमा भएको प्रदेश नम्बर ५ का क्रियाशिल पत्रकारहरुको भेलाले रिर्पोर्टस क्लब नेपालका केन्द्रीय सदस्य समेत रहनुभएका क्षेत्रीलाई समितिको प्रमुखमा चयन गरेको हो ।

प्रमुख क्षेत्री र उपप्रमुख प्रकाश खनाल रहेको ९ कार्य समिति गरिएको छ । समितिको सदस्यहरुमा कपिल ज्ञवलाी, मिना ढकाल, कृष्ण खनाल, मोहन न्यौपाने, डि.आर सघार, तेजेन्द्र के.सी लगायत रहनुभएको छ । रिर्पोर्टस क्लब नेपाल केन्द्रीय कार्यलयको माघ २८ गतेको निणर्य अनुसार प्रदेश स्तरको समिति गठन गरिएको उपप्रमुख प्रकाश खनालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार