कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन नुवाकोटमा

काठमाडौं – नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको राष्ट्रिय सम्मेलन चैत ७ गते नुवाकोटमा हुने भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा देशभरका कोषाध्यक्ष र केन्द्रीय नेताको सहभागिता रहने कांग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार