माओवादी केन्द्रले टुंग्यायो मन्त्री, को-को परे ? (सूचीसहित)

काठमाडौं – माओवादी केन्द्रबाट गिरीराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र बीना मगर मन्त्री बन्ने पक्का भएको छ । कुनै अप्रिय अवस्था नआएमा यिनै चारजनाले आज अपरान्ह ४ बजे शपथ लिनुहुनेछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी तथा माओवादी केन्द्रकी नेतृ बिना मगरबाहेक सबै पुरानै अनुहारका मन्त्री बन्दैछन् । माओवादीले ऊर्जा, सहरी विकास, वन र कृषि मन्त्रालय पाउने सम्भावना छ । प्रदेश २ बाट पोखरेल, प्रदेश ५ बाट पुन, प्रदेश ६ बाट शर्मा र प्रदेश ७ बाट मगर मन्त्री बन्ने भएका हुन् ।

प्रदेश ३ बाट रामबहादुर थापा‘बादल’ गृह र प्रदेश २ बाट मातृका यादव उद्योग तथा वाणिज्य मन्त्री यसअघि नै भइसकेको छन् । प्रदेश २ बाट दुईजनाले मन्त्री बन्ने अवसर पाउँदैछन् भने प्रदेश १ र ४ बाट कोही पनि मन्त्रिपरिषद्‍मा नपर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार