नगर प्रमुखले नै प्रहरीलाई ढाँट्दा…..

धनगढी – २७ फागुनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि ‘जनकारबाही गर्ने’ भनी प्रस विज्ञप्ति जारी गर्यो । उक्त जानकारी प्राप्त गरेलगतै कैलाली प्रहरीको एक टोली २८ गते फागुनमा प्रमुख चौधरीलाई सुरक्षा दिन खटिने भयो । सुरक्षा निकायका प्रमुखहरुले चौधरीलार्य सम्पर्क गरे उनले आफू काठमाडौंमा रहेको जवाफ दिए । उनको जवाफमा विश्वस्त हुन नसकेपछि प्रहरीले पुनः सोधखोज गर्यो । फेरि पनि त्यस्तै जानकारी प्राप्त भयो ।

‘नगरप्रमुख चौधरीले काठमाडौं छु भनेपछि हामी चुपचाप बस्यौं,’ कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, तर सोही दिन २८ गते राति चौधरीमाथि गोली तथा खुकुरी प्रहार भएको खबर आयो ।’ राजधानीमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार