उपसभामुखमा एमालेकी शिवमाया र कांग्रेसकी पुष्पाको उम्मेदवारी

काठमाडौं – प्रतिनिधि सभाको उपसभामुखमा नेकपा एमाले र नेपाली कांग्रेसकी दुई नेतृले उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेसले सांसद पुष्पा भुषाललाई उपसभामुखको उम्मेदवार बनाएको छ । भुषालले संसद भवन बानेश्वरमा उम्मेदवारी दर्ता गराउनुभयो ।

उहाँ कानुन व्यवसायी समेत हुन् । उहाँले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । नेकपा एमालेले शिवमाया तुम्बाहाम्फेले उपसभामुखमा उम्मेद्वार बनाएको छ । एमालेले बिहान १२ बजेसम्म उम्मेद्वारको टुङ्गो लगाएको थिएन । अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले तुम्बाहाम्फेलाई उम्मेद्वार बनाउने निर्णय गर्नुभयो ।

संसद सचिवालयले उपभामुख चयनका लागि शुक्रबार मतदानको कार्यक्रम राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार