पदमुक्त प्रधानन्यायाधीश पराजुलीद्वारा राष्ट्रपतिसमक्ष राजीनामा

काठमाडौं – पदमुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहीबार बिहान राष्ट्रपति विद्या भण्डारी समक्ष राजीनामा बुझाउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर पराजुलीले आज राजीनामा बुझाउनुभएको हो । बिहान पराजुली राष्ट्रपतिलाई भेट्न शितल निवास पुग्नुभएको थियो ।

महान्यायाधीवक्ता अग्नि खरेलले पराजुलीले राजीनामा राष्ट्रपतिलाई बुझाएको पुष्टि गर्नुभयो । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले पनि पराजुलीको राजीनामा राष्ट्रपति कार्यालयमा रहेको बताउनुभयो । ‘पदमुक्त’ भैसक्नुभएको पराजुलीले राजीनामा दिन मिल्छ भन्ने प्रश्नमा दवाडीले ‘संविधानमा बुझाउने मात्र व्यवस्था भए अनुसार उहाँले राजीनामा बुझाएको’ उल्लेख गरे। ‘स्वीकृत गर्नुपर्ने भन्ने संविधानमा रहेनछ’ दवाडीले भन्नुभयो, ‘उहाँको राजीनामा सचिवज्यूकोमा छ ।’

पराजुलीलाई हिजो न्याय परिषद्को सचिवालयले उमेर हदका कारण २०७४ साउन २१ मै पदमुक्त भइसकेको जानकारी पत्र बुझाएको थियो । यद्यपी उहाँ आफैले भने पदमुक्त नभएको जीकिर गर्दै आउनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार