गोपाल पराजुली ‘प्रधानन्यायाधीशको पदबाट मुक्त’

काठमाडौं – न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको जानकारी गराएको छ । न्याय परिषद् सचिवालयले उमेरका आधारमा पराजुली पदमा नरहेको जानकारी पराजुलीलाई नै पत्रमार्फत गराएको हो ।

सचिवालयले परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त पत्रका आधारमा पराजुली गत साउन २१ गतेदेखि नै ६५ वर्ष पुगिसकेकाले आजैदेखि पदमुक्त रहेको जानकारी गराएको छ । पराजुलीले ३१ साउनमै ६५ वर्ष उमेर पुरा गरेको परिषद्ले जनाएको छ । परिषदका सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।

परिषद् सचिवालयमा रहेको पराजुलीको नागरिकता, शैक्षिक योग्यता, विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आज प्राप्त पत्रको आधारमा सचिवालयले उक्त निर्णय लिएको हो । परिषद्को सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख गरिएको छ । पत्रको अन्त्यमा भनिएको छ, सम्माननीय महोदयले न्यायसेवामा पुर्‍याउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार