विमान दुर्घटनामा मृत्यु हुनेको सम्झनामा बंगलादेशमा राष्ट्रिय शोक

काठमाडौं – काठमाडौंमा सोमबार भएको यूएस बंगलाको विमान दुर्घटनामा २६ जना बंगलादेशी नागरिकको मृत्यु भएपछि बंगलादेश सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । बंगलादेश सरकारले आज एक दिने राष्ट्रिय शोकको घोषणा गरेको हो ।

विमान दुर्घटना हुँदा प्रधानमन्त्री हसिना सिंगापुरमा थिइन् । उनी स्वदेश फर्किए लगत्तै आकस्मिक बैठक बोलाएर राष्ट्रिय शोकको घोषणा गरेकी हुन् । दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा धार्मिक क्षेत्र, मन्दिर, मस्जिद लगायतमा भोलि विशेष प्राथना गर्ने समेत निर्णय भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा चालक दलका सदस्यसहित २६ बंगलादेशी नागरिक र २५ जना नेपालीको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार