राष्ट्रिय सभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित

काठमाडौं – राष्ट्रिय सभाले अध्यक्षमा नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशप्रसाद तिमिल्सिनालाई निर्वाचित गरेको छ । संसदको १ बजे बसेको बैठकले तिमिल्सीना निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

राष्ट्रिय सभाको अध्यक्ष पदमा नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशप्रसाद तिमिल्सीनाको एकल उम्मेद्वारी परेको छ । हाल राष्ट्रिय सभाको बैठक जेष्ठ सदस्यको हैसियतमा तारादेवी भट्टले सञ्चालन गर्दै आउनुभएको थियो । तिमिल्सिना प्रदेश ४ बाट राष्ट्रिय सभामा निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार