प्रतिपक्षमा प्रभावकारी भूमिका निर्वाह गरेर सरकारलाई जिम्मेवार बनाउनु पर्छ: पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षमा बसेर नै सरकारलाई घुँडा टेकाउनुपर्ने बताउनुभएको छ ।

पार्टीका प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा पौडेलले प्रतिपक्षमा प्रभावकारी भूमिका निर्वाह गरेर सरकारलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभएको हो ।

वरिष्ठ नेता पौडेलले प्रतिपक्षीको भूमिकाबाटै सरकारको घुडा टेकाउने भन्दै कडा रूपमा लाग्न सांसदहरुलाई निर्देशन दिनुभयो । उहाँले कांग्रेसका सांसदहरु संसदमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने भन्दै पार्टीको जिम्मा नै सांसद सदस्यहरुको काँधमा रहेको टिप्पणी गर्नुभयो ।

सरकारले सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई बहुमत खोज्नु गम्भीर विषय भएको पौडेलको टिप्पणी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार