संघीयता कार्यान्वयनको पहिलो शर्त कानुन निर्माण : शर्मा

काठमाडौँ – पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले संघीयता कार्यान्वयनको पहिलो शर्त कानुन निर्माण भएको बताएका छन् ।

काठमाडौंमा आयोजित प्रदेश सांसदहरुको परिचयात्मक कार्यक्रममा वोल्दै पुर्वमन्त्री जनार्दन शर्माले संघीयता कार्यान्वयनका लागि तत्काल आवश्यक कानुन निर्माणमा लाग्न प्रदेशसभा तथा सरकारलाई आग्रह गरे ।

अझै पनि संघीयता सफल हुन्छ कि हुन्न भन्ने मान्छेहरु भएको वताउदै पुर्वमन्त्री शर्माले संघीयताको कार्यान्वयनमा दृढताका साथ लाग्नुपर्ने बताए । कर्णाली प्रदेशका जनताले संघीयता र गणतन्त्र निर्माणका लागि सवैभन्दा ठुलो त्याग र वलिदान गरेका कारण संघीयता कार्यान्वयनको नेतृत्व लिन पनि कर्णाली प्रदेशलाई सहज हुने उनको भनाई छ ।

कर्णाली प्रदेशमा जस्तो सुकै अभाव र कठीनाई भोग्न सक्ने तथा राजनीतिक रुपमा सचेत श्रमशील जनताको साथ रहेको भन्दै समृद्धिको योजना कार्यान्वयन गर्न सजिलो रहेको पुर्वमन्त्री शर्माले बताए। उनले कर्णालीको समृद्धिको लागि पानी, पर्यटन र जडिवुटी नै प्रर्याप्त रहेको बताए । त्यसका लागि कुशल नेतृत्वको आवश्यकता रहेको वताउदै जनप्रतिनिधिहरुले त्यो भूमिका पूरा गर्नुपर्ने उनले बतए ।

परिचयात्मक कार्यक्रममा वोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीको समृद्धिका लागि आफुहरु गैटी वेल्चा बोक्नु परे तयार रहेको बताए । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई क्षतिपुर्ती सहीतको वजेट आवश्यक रहेको बताउँदै त्यसका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने साँसदहरु खरो रुपमा लाग्नुपर्ने आवश्यकता औँल्याए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार