नागढुंगा सडकखण्डमा गाडी ठप्प

काठमाडौं – काठमाडौंको मुख्य नाका नागढुंगामा अहिले गाडी चल्न सकेको छैन ।

नागढुंगा–नौबिसे सडकखण्डको पिप्लामोडमा दुई वटा गाडी बिग्रिएकाले गाडी रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । बिग्रिएको गाडी सडकबाट हटाई बाटो खुलाउने प्रयास भइरहेको छ ।

कलंकीमा बाटो विस्तार भइरहेकाले यो खण्डमा हरेक दिन जाम हुने गरेको छ । यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डमा भइरहेको कामले पनि हरेक दिन यो सडक प्रभावित हुने गरेको छ ।

बाटो बिस्तारको कारण बल्खु–कलंकी सडकखण्डमा हरेक दिन यात्रुले सास्ती बोक्नु परेको छ । धुलो धुवाँसँगै लामो जामका कारण समयमा नै ओहोरदोहोर गर्न नसकिएको यात्रुको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार