राष्ट्रियसभाको बैठक बस्दै, अध्यक्षमा तिमिल्सिना निर्विरोध भएको औपचारिक घोषणा हुने

काठमाडौं – राष्ट्रियसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना अध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ ।

राष्ट्रियसभाको अध्यक्षमा एकजनाको मात्रै उम्मेदवारी परेकाले तिमिल्सिना निर्विरोध भइसकेका छन् । तर बुधबार बस्ने राष्ट्रियसभाको बैठकमा यसको औपचारिक घोषणा हुनेछ ।

नेकपा एमालेका तर्फबाट राष्ट्रियसभाका उम्मेदवार गणेश तिमिल्सिनाले संसदमा सोमबार उम्मेदवारी दर्ता गरेका थिए । वाम गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार