विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको यूएस बंगला विमानको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।

सोमबार रातिसम्म ४९ जनाको ज्यान गएको थियो । आज उपचार गराई रहेका थप दुई जनाको मृत्यु भएपछि मर्नेको संख्या ५१ पुगेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार