मेयर चौधरीमाथि गोली हानेको आशंकामा तीन जना पक्राउ

कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी खतरा मुक्त रहेका डाक्टरले बताएका छन् ।

मेयर चौधरीको बाँकेको कोहलपुरमा उपचार भइरहेको छ । चौधरलाई गोली हानेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरुसँग सोधपुछ भइरहेको प्रदेश सातका प्रहरी प्रमुख एआईजी माधव नेपालले जानकारी दिनुभयो ।

सोमबार  राति मोटरसाइकलमा आएको नचिनेका मानिसको समूहले चौधरीलाई उहाँकै निवासमै गोली प्रहार गरेका थिए । घोडाघोडीमा केही दिन पहिले बोक्सीको आरोपमा राधा चौधरीलाई कुटपीट गर्ने दोषीलाई संरक्षण गरेको आरोप मेयर चौधरीमाथि लागेको थियो ।

राधा चौधरीमाथि कुटपिट गर्ने दोषीको संरक्षण गरेको आरोपमा केही दिनअघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मेयरलाई जनकारवाही गर्ने चेतावनी दिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मेयरमाथि गोली हान्नहरु विप्लवकै कार्यकर्ता भएको खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार