दुर्घटनापछि बन्द गरिएको त्रिभुवन विमानस्थलमा उडान सुचारु

काठमाडौं – युएस बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा परेपछि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुचारु गरिएको छ ।

आज अपराह्न २ बजेर २० मिनेटमा विमान दुर्घटनाग्रस्त भएपछि विमानस्थल बन्द गरिँदै विभिन्न ठाउँबाट आएका विमानहरुलाई अन्यत्र डाइभर्ट गरिएको थियो । दुर्घटनाग्रस्त विमानमा चालक दलका चार सदस्यसहित ७१ जना सवार थिए । विमान बंगलादेशको राजधानी ढाकाबाट उडेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार