दुर्घटनापछि त्रिभुवन विमानस्थलका सम्पूर्ण उडान ठप्प

काठमाडौं – त्रिभुवन विमानस्थलका सम्पूर्ण विमानको उडान ठप्प भएको छ । यूस बगंला विमान कम्पनीको जहाज दुर्घटना भएपछि त्रिभुवन विमानस्थलका सम्पूर्ण उडान ठप्प भएका हुन् । उड्न तयार रहेका सबै विमानका उडान स्थगित भएका छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय विमानका उडान पनि स्थगित भएको छ । बंगलादेशको ढाकाबाट काठमाडौं आएको उक्त विमान २ बजेर १८ मा विमान धावन मार्गको पूर्वतर्फ चिप्लिएर दुर्घटना भएको थियो । दुर्घटना क्रममा विमान पूर्णरुपमा ध्वस्त भएको छ ।

२० जनाको शव निकालियो
यूएस बंगला विमान दुर्घटनामा हालसम्म २० जनाको शव निकालिएको छ भने १७ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ ।  घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ । त्रिभूवन विमानस्थलका प्रवक्त प्रेमनाथ ठाकुरका अनुसार ६७ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार