विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री ओली एयरपोर्टमा

काठमाडौं – युएस बंगला विमान दुर्घटनामा परेपछिको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल पुग्नुभएको छ । उहाँ केही बेरअघि त्रिभुवन विमानस्थलस्थित घटनास्थलमा पुग्नुभएको हो ।

यसअघि गृहमन्त्री रामबहादुर थापा पनि विमानस्थल पुगेर अवस्थाको जानकारी लिनुभएको थियो । त्यसैगरी नेपालका लागि बंगलादेशी राजदूत पनि घटनास्थल पुग्नुभएको छ । आफ्नो देशका धेरै यात्रु सवार विमान दुर्घटनामा परेपछि उहाँ भावविह्वल अवस्थामा विमानस्थल पुग्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार