विमान दुर्घट्नामा मृत्यु भएका २० को शव निकालियो (अपडेट)

काठमाडौं – यूएस बंगला विमान दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ भने १७ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ ।

स्रोतका अनुसार शवलाई अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ । घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ ।

त्रिभूवन विमानस्थलका प्रवक्त प्रेमनाथ ठाकुरका अनुसार ६७ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए । उपचारका लागि काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएकाहरु गम्भिर रहेको छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार