राष्ट्रियसभाको अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध

काठमाडौं – राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको छ । एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

यद्यपि अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ । अपराह्न साढे १२ बजे संसद भवनमा पुगेर तिमिल्सिनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । तिमिल्सिनाको प्रस्तावकमा खिमलाल भट्टराई र समर्थकमा दिनानाथ शर्मा र सुमनराज प्याकुरेल रहनुभएको छ ।

वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष पद एमालेको भागमा परेको थियो । सोही सहमति अनुसार तिमिल्सिना राष्ट्रियसभाको अध्यक्ष बन्ने पक्का देखिएको छ । एमाले उम्मेदवारलाई माओवादी लगायतका दलहरुको समर्थन रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार