चारबुँदे सहमतिपछि टीकापुर घटनाका अभियुक्तको अनशन तोडियो

काठमाडौं – कैलाली कारागारका २४ जना थुनुवाले अनशन स्थगित गरेका छन् । टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुवाउनुपर्ने भन्दै अनशन बसेका उनीहरुले स्थानीय प्रशासनसँग चार बुँदे सहमति भएपछि अनशन स्थगित गरेका हुन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जुस खुवाएर उनीहरुको अनशन तोडाएका हुन् । कैलाली –१ बाट निर्वाचित रेशम चौधरीको सपथका लागि सम्बन्धित निकायहरुमा जिल्ला प्रशासन कार्यालयले अविलम्व जानकारी गराउने, टीकापुर घटनामा थुनिएकालाई लगाइएका मुद्दा फिर्ता लिन र क्षतिपू्र्तिका लागि १५ दिनभित्र सम्बोधन गरिनुपर्ने सर्त राखेर उनीहरुले अनशन तोडेका छन् ।

१५ दिनभित्र आफ्ना माग पूरा नभए पुनः आमरण अनशन गर्ने उनीहरुले चेतावनी दिएका छन् । रेशम चौधरीलाइ सपथ दिलाइनुपर्ने, टीकापुर घटनामा थुनिएका सबैलाई रिहा गर्नुपर्ने मागसहित कैलाली कारागारमा टीकापुर घटनामा पक्राउ परेका २४ जनाले फागुन २० गतेबाट आमरण अनशनमा बसेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार