न्यायाधीश जबराले गरे प्रधानन्यायाधीशको इजलास बहिष्कार

काठमाडौं – न्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलास बहिष्कार गर्नुभएको छ । अदालतको अवहेलनासम्बन्धी डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्धको मुद्दाको पूर्ण इजलासमा भइरहेको बहसमा आज न्यायाधीश जबराले प्रधानन्यायाधीश पराजुलीको बेन्चमा अबदेखि आफू नबस्ने भन्दै बहिष्कार गर्नुभएको हो ।

न्यायाधीश जबराले पराजुलीको कायम उमेर अनुसार उहाँले गत साउनमै अवकाश पाउनु पर्ने भन्दै अबदेखि उहाँको इजलासमा नबस्ने बताउनुभयो ।‍ आज बिहान इजलास सुरु हुनुअघि इजलास कक्षमा आएर राणाले भन्नुभयो, ‘अहिलेको उहाँको जन्ममिति र शैक्षिक कागजात विवादित छन् ।, त्यसैले म अबदेखि उहाँसँग इजलासमा बस्ने छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार