किन भन्दैछन् नारायणले केकीलार्इ जाम पारी पारी? (भिडियाे)

काठमाडौं – कार्यक्रम प्रस्तोता नारायण कडरियाद्वारा रचित, संगीतबद्ध तथा अभिनित, नवीनबाबु गुरुङद्वारा निर्देशनमा ‘जाम पारी पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यम एवं स्टेजमा कुशल प्रस्तोताको रूपमा स्थापित भएका नारायण आफैँले गीतमा स्वर भरेका छन् । गीतको म्यूजिक भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन् ।

निशान घिमिरेले सम्पादन गरेको म्यूजिक भिडियोमा नायारणसँगै नायिका केकी अधिकारीलार्इ देख्न सकिन्छ । एजुकेशन पार्कले प्रायोजन गरेका म्यूजिक भिडियोमा कुलेखानी आसपासका मनोरम दृश्यहरू देख्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार