काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत लिन सांसदहरुसँग आग्रह गर्नुभएको छ ।
ज संसदमा बोल्दै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री हुनका लागि प्रधानमन्त्री भएको नभई देशमा परिवर्तन गर्न आएको बताउनुभयो । ‘अब देशमा भ्रष्टाचार हुँदैन,’ उहाँले भन्नुभयो, ‘सरकार दमनकारी बन्ने होइन, सुशासन दिनेछ।’ सरकारले विकास गर्छ भन्नेमा विश्वास गर्नसमेत उहाँले सांसदहरुसँग आग्रह गर्नुभयो ।
उहाँले आफूलाई मत हाल्न प्रतिपक्षलाई समेत आग्रह गर्नुभएको छ । संसदमा विश्वासको मत हासिल गर्नुअघि यसमाथि छलफल चलिरहेको छ ।