जापानमा ज्वालामुखी विस्फोट, ४ किलोममिटर क्षेत्रमा सुरक्षा सतकर्ता

टोकियो– ज्वालामुखी विस्फोटबाट खतरा पैदा हुनसक्ने भन्दै जापानको क्युसो टापु वरपरको करिब ४ किलोममिटर क्षेत्रमा सुरक्षा सतकर्ता अपनाउन सुचना जारी गरिएको छ।

सिन्मोइदाके हिमालमा केहि दिनदेखि ज्वालामुखी विस्फोट भइरहेको थियो। शनिबार ज्वालामुखीको विस्फोट हुने दर बढेपछि सो क्षेत्र आसपास बस्ने स्थानीयलाई सचेत रहन भन्दै जापान सरकारले सो सुचना जारी गरेको हो।

विज्ञहरुले भने सो क्षेत्रमा केहि महिनादेखि नै ज्वालामुखी सक्रिय रहँदै आएको बताएका छन्।

शनिबार जापानी भुगर्म विभाग(जेएमए)ले एक सूचना जारी गर्दै ज्वालामुखी विस्फोट भएको हिमालदेखि करिब ४ किलामिटर क्षेत्रसम्म चट्टान तथा लाभा पुग्नसक्ने बताएको थियो।

जेएमएका अनुुसार शुक्रबार बिहान स्थानीय समयअनुसार १ बजेर ५४ मिनेट जाँदा र शनिबार ४ बजेर २७ मिनेटमा ठूलो विस्फोट भएको थियो। विस्फोटका कारण करिब साढे ४ किलोमिटर टाढासम्म धुवाँ फैलिएको थियो।

ज्वालामुखी विस्फोट हुँदा नजिकै रहेको आवासीय क्षेत्रका भवन तथा घरहरु हल्लिएको तथा हिमालको एकपट्टिबाट मात्रै लाभा झरिरहेको देख्न सकिन्थ्यो।

सन् २०११ मा सोहि हिमालमा ज्वालामुखी विस्फोट हुँदा करिब १ सय जना स्थानीय घरबारविहिन भएका थिए।

सन् १९६७ मा जेम्स बोन्डद्वारा अभिनित चलचित्र ‘यस वन्ली लिव ट्वाइस’ मा सिन्मोइदाके हिमाललाई आपराधिक संगठन बस्दै आएको क्षेत्रको बाहिरी आवरणको रुपमा पर्दामा उतारिएको छ।

जापानमा करिब १ सय १० ज्वालामुखी सक्रिय छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार