राष्ट्रपति चुनावका लागि आज रातिदेखि मौन अवधि सुरु हुने, के-के गर्न पाइदैन ?

काठमाडाैं – फागुन २९ गते  हुने राष्ट्रपति चुनावका लागि आज रातिदेखि मौन अवधि सुरु हुँदैछ ।  मौन अवधि सुरु भएपछि चुनाव नसकिएसम्म राजनीतिक दल, उम्मेदवार भएका व्यक्तिहरु, राजनीतिक दलका पदाधिकारीहरु, नागरिक समाज, आम मतदाता कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति चुनावलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन/प्रशारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण नगर्न आयोगले सञ्चार माध्यमलाई पनि आयोगले आग्रह गरेको छ । एसएमएस, भाइबर, फेसबुक लगायतका समाजिक सञ्जालमा पनि प्रचार प्रसार गर्न र भोट माग्न नपाईने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

फागुन २९ गते (मंगलबार) हुने राष्ट्रपति चुनावका लागि वाम गठबन्धनकातर्फबाट बहालवाला राष्ट्रपति विद्या भण्डारी र नेपाली कांग्रेसका तर्फबाट कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा हुनुहुन्छ । राष्ट्रपति चयनका लागि संघीय र प्रदेशसभाका सांसदहरुले मतदान गर्न पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार