मन्त्रिमण्डलले पूर्णता पाउन अझै एक हप्ता लाग्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको संख्या बढाउने आन्तरिक तयारी थाल्नुभएको छ । यसअघि प्रधानमन्त्री ओलीले जम्मा १८ वटा मात्रै मन्त्रालय राख्ने निर्णय गर्नुभएको थियो ।

तर, राष्ट्रिय जनता पार्टी र संघीय समाजबादी फोरम पनि सरकारमा सहभागि हुने भएपछि उहाँ आफ्नै निर्णयमा पुर्नविचार गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले १८ मन्त्रालयलाई बढाएर २१ पुर्याउने तयारी गर्नुभएको छ । मन्त्रालय बढाउने बारे औपचारिक निर्णय गरेर मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहनु भएको उहाँका सचिवालयले जनाएको छ ।

सकेसम्म यसै हप्ताभित्र मन्त्रिमण्डललाई पूर्णता दिने गरि तयारी भइरहेको जनसंख्या तथा वातावरण मन्त्रीलालबावु पण्डितले जानकारी दिनुभयो । राजपा र फोरमलाई २-२ वटा मन्त्रालय दिने तयारी प्रधानमन्त्री ओलीको छ । फोरम नेपालले यसअघि नै सरकारमा जाने निर्णय गरिसकेको छ । मन्त्रालय बाडफाँडमा कुरा नमिलेपछि तत्काल मन्त्रिमण्डल विस्तार हुननसकेको सत्तारुढ दलका नेताले नै बताउदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार