प्रदेश -४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दुई तिहाई बहुमत

काठमाडौं – प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट दुई तिहाईको बहुमत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेश सभा बैठकमा गुरुङले आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेपछि उहाँको पक्षमा ४१ मत परेको छ भने विपक्षमा १७ मत पर्‍यो ।

एमाले र माओवादीको समर्थनबाट गएको फागुन ४ गते मुख्यमन्त्री बनेका गुरुङलाई संसद सभामा राष्ट्रिय जनमोर्चाले समेत समर्थन गरेको छ । जनमोर्चा यस अघि प्रतिपक्षमा थियो । सत्तारुढ दल एमालेको २७ माओवादीको १२ मत थियो भने जनमोर्चाको ३ मत पनि थपिएको छ ।

विपक्षमा कांग्रेसको १५ र नयाँ शक्तिको २ गरी १७ मत परेको छ । प्रदेश नम्बर ४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएका राजिव गुरुङ (दिपक मनाङ्गे) भने लगातार अनुपस्थित थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार