सरकार प्रवेशका लागि राजपा नेपालमा आन्तरिक छलफल तीव्र

काठमाडौं – सरकार प्रवेशका लागि राष्ट्रिय जनता पार्टी राजपाले आन्तरिक छलफल तीव्र बनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले राजपा अध्यक्ष महन्थ ठाकुरलार्इ सरकारमा आउन आग्रह गरेपछि राजपाले छलफल तीव्र बनाएको हो । बैठकमा महन्थ ठाकुरले र प्रधानमन्त्री ओलीबीच भएको कुराकानी र सरकार प्रवेशको सहमतिको बारेमा छलफल हुने राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो ।

आइतबार भएको संघीय संसदहरुका सदस्यको सपथग्रहण समारोहमा राजपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री ओलीले सरकारमा आउन आग्रह गरेपछि सरकारमा जाने कि नजाने भन्ने विषयमा सोमबार राजपा अध्यक्ष मण्डलका सदस्यको बैठक बसेको थियो ।बैठकमा संविधान संशोधनमा कुरा मिलेपछि आफुहरु सरकारमा जान तयार भएको राजपा नेताहरुले बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार