प्रतिनिधिसभाको सभामुखमा महरा निर्विरोध ! घोषणा भोलि

काठमाडौं – प्रतिनिधि सभाको सभामुखका लागि वामगठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित हुनुहुने भएको छ । सभामुखमा महराको मात्रै उम्मेदवारी परेपछि महरा निर्विरोध निर्वाचित भएको घोषणा हुने भएको हो । यद्यपी महरा सभामुखमा निर्विरोध भएको घोषणा भने भोलि बस्ने संसद बैठकबाट मात्रै घोषणा गरिनेछ ।

संसद सचिवालयका प्रवक्ता डा. भरत गौतमका अनुसार भोलि बस्ने संसद बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरेपछि संघीय संसदले सभामुख पदमा एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउने र बैठकको अध्यक्षता गरेका व्यक्तिले निर्विरोध भएको घोषणा गरिनेछ । वाम गठबन्धनबीचको सहमति अनुसार महरा माओवादीका तर्फबाट सभामुखको उम्मेदवार बन्नुभएको हो ।

यसअघि काँग्रेसले राष्ट्रपति पदमा वामगठबन्धनकै विद्या भण्डारीले उम्मेदवार बन्ने भएपछि आफ्नो तर्फबाट लक्ष्मीकुमारी राईलाई उम्मेदवारी दिन लगाएको थियो । तर, सभामुखका लागि भोलि संसदमा मतदानको कार्यतालिका भएपनि एक जनाको मात्रै उम्मेदवारी दर्ता भएपछि उक्त नाम निर्वाचित भएको घोषणा गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार