पहिलो सेमिफाइनलमा आयोजक झापा र थ्री स्टार भिड्दै

काठमाडौं– झापामा जारी झापा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनलका खेल सुरु हुने भएका छन् । प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज आयोजक झापा–११ र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

दुई टोलीबीचको प्रतिस्पर्धा बिर्तामोडस्थित डोमालाल रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ । यस अघि हिजो भएको अन्तिम क्वाटरफाइल खेलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अर्काे विभागिय टोली नेपाल पुलिसलाई १–० ले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगीताको उपाधि विजेताले १२ लाख ५१ हजार तथा उपविजेता टोलीले ६ लाख रुपैयाँ हात पार्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार