वार्तामा बस्न अमेरिका र उत्तर कोरियालाई चीनको आग्रह

चिनले अमेरिका र उत्तर कोरियालाई वार्ता गर्न आग्रह गरेको छ । बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यिले जतिसक्दो चाँडै शान्तिवार्ता गर्न दुइ देशलाई आग्रह गरेका हुन् ।

विदेशमन्त्री यिले यसअघि देखि नै परमाणुअस्त्र कार्यक्रमका बारेमा वार्तागरी दुई देशले वार्तागरी आफ्ना कुरा राख्नुपर्नेमा जोड दिँदै आएका थिए।
दक्षिण कोरियाका दुई जना विशेषदूत संयुक्त राज्य अमेरिका प्रस्थान गरेलगत्तै चिनियाँ विदेशमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो । त्यसैले उनको यो आग्रहलाई अर्थपूर्ण रुपमा लिइएको छ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख चुङ इयु–योङ र अर्का एकजना दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख उत्तर कोरियाको भ्रमण सकेर आजै अमेरिका गएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार